
काठमाडौं, असोज ५- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३७ पैसा र विक्रि दर २९ रुपैंयाँ ५३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ८२ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ९७ पैसा छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ आसपास थियो । धेरै समयपछि रिंगिटको भाउ पुनः २५ रुपैंयामा ओर्लिएको छ । यसले बहुसंख्यक नेपाली कार्यरत देशको मुद्राको सटही दर घट्दा धेरैलाई आर्थिक नोक्सानी हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ४६ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ ४५ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ६६ छ भनें विक्रि दर २८५ रुपैंयाँ २५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
सार्वजनिक समारोहमा खादा की ढाका ?