
युएई- युएईलाई कर्मथलो बनाउँदै आएका गायक क्षितिज चिन्तनको स्वरमा रहेको नरुनु आमा बोलको गीत बजारमा आएको छ । सञ्चारकर्मी त्रिलोचन कोइरालाको शव्द, राजन राज सिवाकोटीको संगित रहेको उक्त गीतलाई साई भिजन प्रा.ली ले बजारमा ल्याएको हो । परदेशमा रहेका नेपालीले चाडबाड मनाउन छुट्टी नपाएको र घर जान नसकेको भाव गीतले बोकेको छ ।
सोही गीतको भिडियो पनि युट्युव मार्फत सार्वजनिक भएको छ । प्रकाश भट्टको निर्देशनमा कलाकारहरु क्षितिज, विना, सनम र राजकुमारको अभिनय देख्न सकिनेछ भने सम्पादन विष्णु शर्माले गरेका हुन । युएई र नेपालका विभिन्न ठाउँमा छायाँकन गरिएको उक्त भिडियोमा करण चैसिर र शाहस शाक्यले पनि साथ दिएका छन ।
आउँदै गरेको विजया दशमी र दिपावली आफ्नो प्यारो मातृभुमी जान चाहेर पनि नपाएका नेपालीका पिडालाई समेटेर गीत तयार पारिएको गीतका सर्जक त्रिलोचन कोइरालाले बताएका छन ।
यो पनि पढ्नुहोस्
युएईमा पूर्वघोषित साँस्कृतिक कार्यक्रम स्थगित हुन थाल्यो, सरकारी चेतावनीको असर
भिडियो हेर्नुहोस्