युएईमा पूर्वघोषित साँस्कृतिक कार्यक्रम स्थगित हुन थाल्यो, सरकारी चेतावनीको असर

युएई, असोज ३ 

सामाजिक संस्थाहरुले सरकारी अनुमति नलिई कुनै पनि कार्यक्रम नगर्न सरकारी निकायले चेतावनी दिएपछि सुरक्षाको कारण देखाउदै मोफसल मिडिया ग्रुपले आफ्नो पूर्व घोषित कार्यक्रम स्थगित गरेको छ । 

मोफसल मिडिया ग्रुपले पहिलोपटक आयोजना गर्न खोजेको शुभकामना साँझ २०१६ मा नेपालबाट कलाकारहरु गायक तथा नायक यशकुमार, पप तथा दोहरी गायिका बेल्ली डान्सर प्रिति आले मगर, नेपाली तारा २ का उपबिजेता तारा लक्सम लिम्बु, दोहरी गायक श्याम राना र नृत्यकार रीतु श्रेष्ठ सहभागी हुने कार्यक्रम थियो । 

गल्फन्यूजले यस सम्वन्धि प्रकाशित गरेको समाचार देशपरदेशले सोमवार प्रकाशन गरेको थियो । सरकारी निकायको सो चेतावनीपूर्ण समाचार पश्चात युएईमा हुने साँस्कृतिक कार्यक्रमहरु अन्योलमा परेका छन् । समाचार अनुसार कुनै पनि सामाजिक संस्थाले युएईमा विना कुनै जानकारी र सरकारी अनुमति विना कार्यक्रम गरेको फेला परेमा कडा दण्ड, सजाय हुने जनाइएको ।

समाचार अनुसार कुनै संस्थाले त्यसरी लुकीछिपी कार्यक्रम गरेमा २ हजार देखि १० हजार दिरम जरिवाना तिर्नुपर्ने हुन्छ । हरेक देशका लागि ५ वटा संस्थाले मात्र त्यस्तो लाइसेन्स लिन पाउँछन । युएईमा नेपालीका पाच दर्जन धेरै सस्था रहेका छन  । 

यो पनि पढ्नुहोस् 

दुवईमा लाइसेन्स नलिई कुनै कार्यक्रम नगर्न सरकारको चेतावनी, फेला परे ठूलो आर्थिक सजाय हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय