
युएई, असोज ३ – संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पवित्र समाज सेवा नेपाल र धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन । उनीहरुले पवित्र समाज सेवा नेपाललाई ३१ हजार ४ सय ९० रुपैयाँ र धुर्मुस सुन्तली फाउन्डेसनलाई ३१ हजार ५ सय १० रुपैयाँ सहयोग गरेका हुन ।
नेपाली जनप्रगतिशिल मञ्च युएईका सल्लाहकार सुर्यकान्त सेढाईंको नेत्रृत्वमा भुकम्प पीडितहरुको लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने मनसायले रकम संकलन गरे पनि उक्त संस्थामा पर्याप्त रकम उठीसकेको भन्ने फाउन्डेसनका म्यानेजर अर्जुन सुबेदीले जानकारी गराएकोले सबैको सल्लाह बमोजिम आधा रकम पवित्र समाज सेवालाई सहयोग गरिएको हो । पवित्र समाज सेवा नेपालकी सञ्चालिका दिक्षा चापागार्इंले अनाथ बालबालिका तथा अशक्त वृद्द वृद्दाहरुलाई गरेको सहयोग उद्दार अतुलनिय रहेको सेढाईंले बताए । सेढाईका अनुसार उक्त रकम बिनोद पन्थी र धन बहादुर योङहाङ सहित २४ जना नेपाली श्रमिकबाट संकलन गरिएको हो ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा जाँदा भागेर काम गरेमा कस्ता समस्या आईपर्छन् ?