
काठमाडौं, असोज ३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३५ पैसा र विक्रि दर २९ रुपैंयाँ ५२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ८१ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ९६ पैसा छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ आसपास थियो । धेरै समयपछि रिंगिटको भाउ पुनः २५ रुपैंयामा ओलिएएको छ । यसले बहुसंख्यक नेपाली कार्यरत देशको मुद्राको सटही दर घट्दा धेरैलाई आर्थिक नोक्सानी हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया १७ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ १६ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ४८ छ भनें विक्रि दर २८५ रुपैंयाँ ७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा जाँदा भागेर काम गरेमा कस्ता समस्या आईपर्छन् ?