काठमाडौं, असोज ३
बैदेशिक रोजगारमा जाने कतिपय नेपाली आफू काम गर्न गएको कम्पनी छोडेर भागेर अन्यत्र काम गर्ने गर्दछन् । त्यसरी भागेर काम गर्नेहरुलाई विभिन्न खालका समस्याहरु आईपर्ने गरेको छ । समयमा तलव नपाउँदा कानूनी उपचार खोज्न सकिन्न, घर फर्किन समस्या तथा स्वास्थ्य समस्या आइपरेमा पनि स्वास्थ्य जाँच गराउन समेत मुस्किल हुने गर्दछ ।
– विदेशमा रहँदा कम्पनीले पासपोर्ट राखेर छुट्टै आईडी कार्ड उपलव्ध गराउने हुँदा अर्को कम्पनीमा गएपछि विना पासपोर्ट भईन्छ र गैह्र कानूनी हैसियत हुन्छ ।
– पासपोर्ट र भिसा पहिला काम गरेको कम्पनीमा रहने भएकाले भागेर गएको अवस्थामा उक्त व्यक्तिले तपाई विरुद्ध उजुरी गर्न सक्छ र सो देशको कानून अनुसार गैह्र कानूनी हुने हुँदा कैदसम्मको सजाय हुनसक्छ ।
– विदेशमा पासपोर्ट र भिसा वेगर बस्नु भनेको गैह्रकानूनी हुनु हो । त्यस्तो भएमा जुनसुकै बेला प्रहरीको अनुसन्धानमा पर्न सकिने हुँदा पासपोर्ट केहि भइहाले तुरुन्त सो देशमा स्थीत नेपाली दुतावासमा खवर गर्नुपर्छ ।
– कामदारको रुपमा विदेश गएकोले रोजगारदाता कम्पनीले विना कागजातको व्यक्ति फेला परे कम्पनीले नै उजुरी दिई पक्राउन सक्छ ।
– पहिलाको कामबाट भागेर अर्को कम्पनीमा जानलाई कसैले प्रोत्साहन दिन्छ वा सहयोग गर्छु भन्छ भनें त्यसले आफूले गरेको कामको ईष्र्या गरेको पनि हुन सक्छ वा मलाई फसाउन खोजेको हो भन्ने बुझ्नुपर्छ ।
– स्वदेशबाट जुन कामका लागि भनेर गएको हो सो काम प्रति चित्त नबुझे सम्वन्धित मेनपावर कम्पनी तथा दुतावासलाई खवर गर्नुपर्दछ । भागेर अरुको लहैलहैमा लाग्नु हुँदैन । घरेलु कामदारका रुपमा काम गर्नेहरुका लागि पनि माथि भनिए बमोजिमको अवस्था हुने र सजाय पनि उस्तै हुन्छ ।
प्रवास डायरीबाट
यो पनि पढ्नुहोस्
दुवईमा लाइसेन्स नलिई कुनै कार्यक्रम नगर्न सरकारको चेतावनी, फेला परे ठूलो आर्थिक सजाय हुने
