
काठमाडौं, असोज ३
कतारमा अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारले आममाफीका लागि निवेदन दिने समयावधि बढाइएको छ । सर्च एण्ड फलो डिपार्टमेण्टका अनुसार अव त्यसरी आममाफी प्रकृयामा सहभागि भएर स्वदेश फर्किन चाहने व्यक्तिले अपरान्ह १२ बजेदेखि राती ८ बजेसम्म निवेदन दिन सक्नेछन् ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार निवेदन दिन चाहनेहरुलाई यसले मद्धत गर्ने अपेक्षा गरिएको छ । कतारले अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन आममाफीको तीन महिने समय तोकेको छ । सेप्टेम्वर १ मा सुरु भएको समय डिसेम्वर १ सम्म रहनेछ ।
यो पनि पढ्नुहोस्
दुवईमा लाइसेन्स नलिई कुनै कार्यक्रम नगर्न सरकारको चेतावनी, फेला परे ठूलो आर्थिक सजाय हुने