बैदेशिक रोजगारका ठगलाई कार्वाही गर्छौः प्रहरी प्रमुख ढकाल

 

चन्दनकुमार यादव, राजविराज, असोज ३

सप्तरीका प्रहरी प्रमुख भीमप्रसाद ढकालले बैदेशिक रोजगारमा जाने युवायुवतीहरु ठग्ने व्यक्तिको पहिचान गरी त्यस्ता गैर ब्यवसायीलाई कानुनी कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् । राजविराजमा सवल नेपालले आयोजना  गरेको बैदेशिक रोजगारी सम्बन्धी सप्तरीमा विभिन्न युनिटमा कार्यरत प्रहरीका लागि बैदेशिक रोजगार सम्वन्धि एक दिने छलफलमा उनले सो प्रतिवद्धता जनाए । उनले भने “बैदेशिक रोजगारमा जाने सोझा, गरिव युवालाई प्रलोभन देखाउँदै भनिए अनुसारको काम र सेवा सुविधा नदिने, पासपोर्ट र मोटो रकम लिएर बिदेश नपठाउने गरेकोले त्यस्ता ठगहरुलाई कानूनी कारवाही गर्नुपर्छ ।” 

सो कार्यक्रमका प्रशिक्षक रहेका प्रहरी नायव उपरिक्षक दानवहादुर कार्कीले बैदेशिक रोजगारको सिलसिलामा पासपोर्ट र रकम लिने, बिदेश नपठाउने, बिचौलीया वा त्यस्ता अवैध ब्यवसाय गर्ने ब्यक्तिलाई पिडितले उजुरी दिएको खण्डमा कानुनी कार्वाही गरी पिडितलाई न्याय दिलाउन सहयोग गर्ने बताए । उनले बैदेशिक रोजगार सम्वन्धी निवेदन आएमा गम्भीर भएर पिडितलाई न्यायका लागि सहयोग गर्न सवै युनिट प्रमुखलाई निर्देशन दिए ।  

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित बनाउन सामी हेल्भेटासको सहयोगमा सवल नेपालले सञ्चालन गरेको कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देवनारायण चौधरी, सवल नेपालका अध्यक्ष जुना गिरी, कार्यक्रम संयोजक अशोक साह, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डल, कार्यक्रम अधिकृत चन्दनकुमार यादवले सहजीकरण गरेका थिए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतका बिभिन्न स्थानमा रहेका ४८ वटा प्रहरी युनिटका प्रमुख तथा सहायक प्रमुख सहित ६१ जनाको सहभागीता थियो । 

यो पनि पढ्नुहोस् 

दुवईमा लाइसेन्स नलिई कुनै कार्यक्रम नगर्न सरकारको चेतावनी, फेला परे ठूलो आर्थिक सजाय हुने 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय