विदेशबाट आउँदा ल्याएका के के बस्तुमा भन्सार लाग्दैन ? 

 

काठमाडौं, असोज  

विदेशबाट फर्किंदा के कुरा ल्याउँदा भन्सार लाग्दैन ? धेरैको चासोको विषय हो पछिल्लो समयमा बैदेशिक रोजगारीबाट फर्किनेहरुलाई यसमा अझ बढी चासो हुन्छ भन्सार विभागले निम्न बस्तुहरुमा भन्सार शुल्क नलाग्ने जानकारी गराएको छः 

– आफूले प्रयोग गरिरहेका लुगाफाटा 

– बर विछ्यौना

– घर गृहस्थीका पुराना सामान 

– विरामीले ल्याएको औषधी

– सुनको गहना ५० ग्रामसम्म(तर काँचो सुन पाईंदैन

– चाँदिको गहना सय ग्रामसम्म(तर काँचो चाँदी पाईंदैन

– १ लाख रुपैंयाँ मूल्यसम्मको जवाहरत जडित सुुनका वा चाँदीका साथमा ल्याएको गहना(तर काँचो सुन, चाँदी पाईंदैन 

– ट्यावलेट वा ल्यापटप कम्प्युटर एक थान

– घडी एकथान 

– क्यामेरा एक थान

– भिडियो क्यामेरा एक थान 

– सेलुलर मोवाईल फोन एक थान

– पेन ड्राइभ एक थान

– बच्चा राख्ने पेराम्बुलेटर एक थान

– ट्राइसाईल एक थान

– पेशागत यात्रुको सामान्य प्रकारका सामान एक थान

– सात किलोसम्म खाद्य परिकार 

– मदिरा एक लिटरसम्मको एक बोतल

– बैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिनासम्म काम गरि आउनेको हकमा ३२ ईञ्चसम्मको जुनसुकै ब्राण्डको टेलिभिजन एक थान 

 

 यो पनि पढ्नुहोस् 

मलेसियाले अरु दुई शिर्षकमा थप्दैछ कामदार माथि आर्थिक भार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय