युएईमा आदिवासी जनजातिका समाचारले उचित स्थान नपाएको गुनासो, फोनिज गठनको तयारी 

मोहन बस्याल, युएई, भदौ ३० 

युएईमा क्रियाशिल आदिबासी जनजाति संगठनका अगुवाले सञ्चारमाध्यम समावेशी नहुँदा आदिवासी जनजातिका समाचारले उचित स्थान नपाएको गुनासो गरेका छन् । नेपाल आदिबासी जनजाति महासंघ युएईले आयोजना गरेको सञ्चारमाध्यममा आदिबासी जनजातिको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागिहरुले सञ्चारमाध्यमलाई समावेशी बनाउन आदिबासी जनजाति पत्रकारलाई सीप विकास तथा क्षमता अभिबृद्धि तालिमको व्यवस्था हुनु पर्नेमा समेत जोड दिए । 

आदिबासी जनजाति महासंघ, युएईका अध्यक्ष डेरराज तमुले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै सञ्चारमाध्यममा आदिबासीका गतिविधि र मुद्धाले उचित स्थान पाउने वातावरण बनाउन जनजाति पत्रकारको संख्या बढाउनु पर्ने आवश्यक्ता महसुस भएकाले त्यसका लागि फोजिन गठन गर्ने प्रयास भएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष सन्तकुमार चौधरीले आदिबासी जनजातिका गतिविधिलाई सञ्चारमाध्यममा राम्रो स्थान दिन मिडियामा आदिबासीको लगानी र क्षमतावान पत्रकारको विकास गर्नु पर्नेमा जोड दिए । 

नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोइरालाले सञ्चारमाध्यमले नियतबस विभेद नगरेपनि आदिबासीका मुद्धाले सञ्चारमाध्यममा कम स्थान पाएको बताए । विगतको तुलनामा धेरै सुधार भएपनि यसलाई अझ बढावा दिन आदिबासी जनजाति युवाहरु पत्रकारितामा लाग्नु पर्नेमा उनले जोड दिए । 

कार्यक्रममा शेर्पा किदुई युएईका अध्यक्ष तथा नेपाल आदिबासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाले खादाका बिषयमा सञ्चारमाध्यममा आएका बिषयबस्तुमाथी टिप्पणी गरे । कार्यक्रममा तामाङ समाज युएईका महेश मोक्तान, प्रवासी थारु समाजका अध्यक्ष किशोर चौधरी, प्रवासी माझी समाज युएईका अध्यक्ष दिनेश माझी, भुजेल समाज सेवा समिति युएईका तुल बहादुर घर्ति, तमु समाज युएईकी उर्मिला गुरुङ, मगर समाज युएईका उपाध्यक्ष रेशम सोमई लगायतको सहभागिता थियो । 

फोनिज, युएई गठनको तयारी  

आदिबादी जनजाति महासंघ, युएईले युएईमा क्रियाशिल जनजाति पत्रकारको संगठन निर्माण गर्ने पहल शुरु गरेको छ । आदिबासी जनजाति क्षेत्रका गतिविधिले सञ्चारमाध्यममा उचित स्थान नपाएको महसुस गरिएकाले जनजातिकै पत्रकारहरुको संख्या र क्रियाशिलता बढाउन नेपाल आदिबासी जनजाति पत्रकार महासंघ, युएई शाखा स्थापनाका लागि पहल गरिएको आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डेर राज तमुले जानकारी दिए । फोनिज गठन भए नेपाल पत्रकार महासंघ, युएई सहकार्यका लागि तयार रहेको शाखा अध्यक्ष त्रिलोचन कोईरालाले बताए । 

कार्यक्रममा मुन्चे राईले फोनिज युएई गठनका लागि भएका प्रयास र सम्भावनाका बारेमा प्रकाश पारेका थिए । युएईमा क्रियाशिल ११ वटा जातिगत संगठनबाट दुई दुई जना पत्रकारिता गरि रहेका र पत्रकारितामा चासो राख्नेहरुलाई संगठित गरि तदर्थ समिति गठन गरि फोनिज गठन गर्ने योजना रहेको उनले जानकारी दिए । 

कार्यक्रममा थारु कल्याणकारी सभाका मध्यपुर्व ईन्चार्ज नेत्र थनेतले फोनिजका लागि वेभ साईट बनाउन तथा एक बर्षसम्म सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

फोनिज चितवनका अध्यक्ष चौधरीलाई स्वागत

नेपाल आदिबादी जनजाति महासंघ, युएईले नेपाल आदिबादी जनजाति पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष सन्त कुमार चौधरीलाई स्वागत गरेको छ । चौधरीलाई महासंघ, युएई शाखाका अध्यक्ष डेर राज तमुले खादा लगाएर स्वागत गरे । सोही अवसरमा प्रवासी थारु समाजका अध्यक्ष किशोर चौधरी, मगर समाज युएईका उपाध्यक्ष रेशम सोमईले पनि खादा ओढाएर चौधरीलाई सम्मान गरेका थिए । 

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगारमा रहेकालाई पनि सामाजिक सुरक्षा दिन साँसदहरुले उठाए आवाज

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय