कुवेत, भदौ २९- कुवेतको फाहहिलमा बुधवार एक नेपाली महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन।
कुवेतको अनलाइनपोर्ट आइमान मातका अनुसार कुवेतको फाहहिलस्थित एक घरमा आफ्नो कोठाको सिलिङमा डोरी लगाइ ति नेपाली महिला झुन्डिएकी हुन् । कुवेती प्रहरी घटना स्थलमा पुग्दा उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । ति नेपाली महिलाको शवलाई प्रहरीले पोस्टमार्टमका लागि शव गृहमा पठाएको छ । आत्महत्या गर्ने नेपाली महिलाको नाम ठेगाना वा कहाँ, के काम गर्थिन भन्ने विवरण भने खुलाईएको छैन।
तीतोपाटीबाट
