सेक्यूरिटी गार्डमा जान के गर्नुपर्छ ?

प्रश्नः मेरो नाम गिरेन्द्र थापा हो । मैले स्नातक उत्तिर्ण गरेको छु । देशमा रोजगारी पाइन्न । त्यसैले म बैदेशिक रोजगारीमा सेक्यूरिटी गार्डको काममा जाने योजनामा छु । मेरो उचाई ५ फिट ८ ईन्च छ । मैले कुनै तालिम लिएको छैन । अव मैले के गर्दा उचित होला ? 

उत्तरः गिरेन्द्र जी, सेक्यूरिटीको काममा भूपू आर्मी वा प्रहरीलाई प्राथमिकता दिइन्छ । तर त्यसको अर्थ अन्यले जानै नपाउने भन्ने हुन्न । सेक्यूरिटी गार्डको माग सहित पत्रिकामा विज्ञापन छापिएका हुन्छन् । त्यसलाई हेर्नुहोला र आफूलाई अनुकुल लागेको मेनपावर कम्पनीमा आवेदन दिनुहोला । यसका लागि तपाईले केहि मेनपावर कम्पनीहरुमा पनि फोन मार्फत बुझ्न सक्नुहुन्छ । कतिपय मेनपावर कम्पनीहरुले पनि तपाईलाई तालिम लगायतका विषयमा सुझाव दिनसक्छन् । केहि स्थानमा यस्ता तालिम सञ्चालनमा छन् । धन्यवाद ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय