
काठमाडौं, भदौ २७ – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २२ पैसा र विक्रि दर २९ रुपैंयाँ ३८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५२ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २९ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ भन्दा केहि माथि छ । केहि महिना अगाडी २७ रुपैयाँ भन्दा माथि पुगेको रिंगिटको सटही दर घटेर र २६ मा आइपुगेको हो ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ३९ पैसा छ भनें विक्रि दर ३५४ रुपैंयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ८६ छ भनें विक्रि दर २८३ रुपैंयाँ ४५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।