
युएई- विभिन्न क्षेत्रका व्यक्तित्वलाई सामाजिक योगदानका आधारमा सम्मान गर्दै आएको शिखर नेपालले पहिलोपटक युएईमा युवा तथा खेलकुद मन्त्रिको उपस्थितिमा शिखर सम्मान–२०७३ कार्यक्रम गर्ने भएको छ ।
कलाकारिताको माध्यमबाट नेपाली थियौं, नेपाली हौ, नेपाली रहन्छौं भन्ने मूल नाराका साथ समाजमा बिद्यमान विकृती विसंगती विरुद्ध आवाज उठाउँदै आएको सामाजिक संस्था हो शिखर नेपाल । नेपालमा बिगत १४ बर्ष देखि नियमित रुपमा बिभिन्न सामाजिक क्षेत्रका ब्याक्तित्वलाई सम्मान गर्दै आएको यस संस्थाले बिदेशी भूमि युएईमा पहिलोपटक नेपाली कला, साँस्कृतिक, खेलकुद, ब्यापारब्यासाय एवम सामाजिक क्षेत्रका बिभिन्न अव्वल व्यक्तिलाई शिखर सम्मान–२०७३ बाट सम्मान गर्ने शिखर नेपालका अन्तराष्ट्रिय प्रतिनिधि रमेश ढकालले बताएका छन ।
नेपाल पत्रकार महासंघ युएई शाखाको समन्वयमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रि दलजीत बिक श्रीपालीको प्रमुख आतिथ्यता एवं नेपाली दुताबास अबुधावीका कार्यबाहक राजदुत, नेपाली चलचित्र, पत्रकारिता, खेलकुद क्षेत्रका बिभिन्न रास्ट्रिय व्यक्तित्वहरुको विशिष्ठ आतिथ्यतामा शिखर सम्मान–२०७३ तथा युवा सरोकार अन्तरक्रियात्मक कार्यक्रम हुने नेपाल पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष त्रिलोचन कोइरालले जनाएका छन ।
सेप्टेम्बर २३ तारिकमा युएईको काल्टन टावरमा प्रवासमा रहेर बिभिन्न क्षेत्रमा सेवा गर्दै आएका एबम नेपाल र नेपालीको पहिचानलाई आफनो पेशा तथा ब्यवसायीक रुपमा उच्च राखेका आधादर्जन बिशेष व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।
शिखर नेपालले स्थापनाकाल देखि नै जनचेतनामूलक, स्वयंसेवामूलक काम गर्दै आईरहेको छ । यसले राष्ट्रिय जागरण अभियान, चेलीबेटी बेचबिखन बिरुद्ध अभियान, एचआइभी एड्स बिरुद्धको कार्यक्रम तथा अन्य क्षेत्रमा सडक नाटक, टेलिफिल्म, वृत्तचित्र आदिको निर्माण, प्रशारण एवम् प्रदर्शन गर्नुको साथै व्यक्तित्व विकाससंग सम्बन्धित कामहरु गर्दै आइरहेको शिखर नेपालका अध्यक्ष खनालले बताए ।
गत जेठ २ गते शिखर नेपालको १३ औ बार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको शिखर समान २०७३ बाट गैर आवासीय नेपाली संघ युएई अध्यक्ष सुदीप कार्की, नेपाल पत्रकार महसंघ युएई शाखा अध्यक्ष त्रिलोचन कोइराला र गोर्खा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठ लगायत उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भएका थिए ।