खादाको प्रयोग बारे बौद्धमार्गीको सामूहिक धारण बनाउने

काठमाडौं, भदौ २६- पछिल्लो समयमा खादा अर्थात खातकको प्रयोगका बारेमा देखिएको विवाद पश्चात यसका बारेमा बौद्धमार्गीहरुले सामूहिक धारण बनाउने भएका छन् । शेर्पा पत्रकार संघ नेपालले सबै बौद्धमार्गीलाई एकै ठाउँमा राखेर यसका बारेमा अन्तकृया गर्ने भएको छ । 

राजधानीको बौद्धमा आयोजना गरिने अन्तरकृयामा आदिवासी जनजाति महासंघ, शेर्पा संघ, नेपाल तामाङ घेदुग, मगर संघ, थारु, ह्याल्मो, नेवाः, गुरुङ जातिका जातीय संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा छलफल हुने छ । 

भाद्र २९ गते विहान १० बजेबाट शुरु हुने अन्तरकृयाबाट विभिन्न समयमा बौद्धमार्गीको पवित्र वस्तु मानिएको खादामाथि भैरहेको चरणबद्ध आक्रमण र प्रतिवन्ध समेतको अवस्थाका सम्वन्धमा ठोस धारणा निर्माण गर्न सक्ने आयोजक संस्थाका सचिव आङ माया शेर्पाले जानकारी दिए । सो छलफलमा नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध महासंघ लगायतका धार्मिक संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ । कार्यक्रममा सहभागि भएर आफ्नो विचार व्यक्त गर्न संघले सवै बौद्धमार्गीहरुसँग अपिल गरेको सहसचिव फूला शेर्पाले जानकारी दिए । 

शेर्पा पत्रकार संघ–नेपाल, मुलुकभर छरिएर रहेको शेर्पा पत्रकारहरुको छाता संगठन हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय