श्रम सचिव लम्सालको सरुवा, श्रममा आए मैनाली 

काठमाडौं, २६ भदौ– सरकारले श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्सालको सरुवा गरेको छ । उनलाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सरुवा गरिएको छ । लम्सालको ठाउँमा लक्ष्मण प्रसाद मैनाली सरुवा भएका छन् । मैनाली यसअघि युवा तथा खेलकुद मन्त्रालयमा सचिव थिए । 

सचिव लम्सालको सरुवा हुने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद् बैठकले १२ सचिवको एकैपटक सरुवा तथा हेरफेर गरेको हो । सरुवा भएका अन्य सचिवहरुमा सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी क्षेत्रीय प्रशासक गोपीनाथ मैनाली निर्वाचन आयोगमा सरुवा भएका छन् । 

निर्वाचन आयोगका सचिव शारदा प्रसाद त्रिताललाई सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय पुगेका छन् । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा लगिएको छ । 

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ भने रक्षा मन्त्रालयका सचिव महेश कुमार दाहाललाई युवा तथा खेलकूद मन्त्रालयमा लगिएको छ । 

यसैगरी जल तथा उर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक योजना तथा निर्माण मन्त्रालयमा लगिएको छ । नेपाल ट्रष्टका सचिव भीम प्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । पर्यटन सचिव प्रेम कुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय