कोहि बेरोजगार हुने छैनन्ः उद्योग मन्त्री जोशी 

भक्तपुर- उद्योगमन्त्री नवीन्द्रराज जोशीले अब देशका कुनै पनि युवाले बेरोजगार बस्नु नपर्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले कटुञ्जेस्थित चक्रपाणी चोकमा बिपी कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा आज आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । 

मन्त्री जोशीले भने, “अब ७५ वटै जिल्लामा उद्यमी बन्न चाहनेका लागि निवेदन माग गरेर कार्यक्रम सार्वजनिक गर्दैछु ।” उनले देशभरका महिलाले उद्यमी बन्न २०–२० जना महिलाको समूह बनाएर आएमा बिना धितो ऋण दिएर महिलालाई उद्यमी बनाउने कार्यक्रम समेत ल्याउन लागेको बताए । 

बिपीले देशप्रति गरेको योगदानको चर्चा गर्दै उहाँले बिपी नेपालको अहिलेसम्म कै एकमात्र राष्ट्रवादी नेता भएको चर्चा गरे । कार्यक्रममा स्थानीय पूर्णबहादुर परियार दम्पतीलाई मन्त्री जोशीले सम्मान गर्दै लुगा सिलाउने मेसिन प्रदान गरे । 

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, कांग्रेसका नेता महेश श्रेष्ठ, गणेशमान चक्रधर, निशान ढुङ्गेललगायतले बिपीको विचारलाई आत्मसात् गरेर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिए । 

रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय