कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?   

काठमाडौं, भदौ २६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २० पैसा र विक्रि दर २९ रुपैंयाँ ३७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ११ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५१ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १२ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २७ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ भन्दा केहि माथि छ । केहि महिना अगाडी २७ रुपैयाँ भन्दा माथि पुगेको रिंगिटको सटही दर घटेर र २६ मा आइपुगेको हो ।   

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया १ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ १ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ४ छ भनें विक्रि दर २८३ रुपैंयाँ ६४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय