अर्घाखाँची सम्पर्क समिति, दुवईको तीज विशेष कार्यक्रम 

युएई – बिभिन्न पेशा र रोजगारी गर्दै आईरहेका युएई मा रहेका अर्घाखाँचीबासीहरुको संस्था अर्घाखाँची सम्पर्क समिति युएई दुबर्इ क्षेत्रिय समितिले शुक्रबार महिलाको बिशेष पर्व तीज विशेष कार्यक्रम सम्पन्न गर्‍यो। 

नेपाली महिलालाई नेपाली परिकारको साथमा घरको आगनमा जस्तो रमाईलो गर्ने मुख्य उदेश्य राखेको उक्त कार्य्रक्रम हालसम्म युएई को सस्तो टिकटदर भएको कार्यक्रम मध्येको एक थियो । २० दिराम टिकट दर राखेर भोजन सहितको कार्यक्रम युएईमा पहिलो पटक सो संस्थाले आयोजना गरेको हो । कार्यक्रममा २ सय ४० जना सहभागि थिए । 

अर्घाखाँची सम्पर्क समिति युएई दुबइै क्षेत्रिय समितिका अध्यक्ष जेपि पोख्रेलको अध्यक्षता र सम्पर्क समितिका केन्द्रिय अध्यक्ष राजु खडकाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सम्पन्न भयो । 

अर्घाखाँची जिल्लाका ख्याती प्राप्त स्वरका धनी करुन कुँवर, बसन्त घर्ती, जमुना घिमिरे लगायतका कलाकारले स्वागत तिज गीत प्रस्तुत गरेका थिए । बिच बिचमा उपस्थित दिदीबहिनीहरुले गाउँ घरमा जस्तो मादलको तालमा धुर्बतारा, सरर जस्ता तिज आगमनसँगका गीतहरु गाएर आफ्नै ठाउमा रहेको जस्तो महसुस गराएक थिए। त्यस्तै बिच बिचमा कलाकी धनी सन्ध्या सुस्केराले पनि आफ्नो नृत्यले कार्यक्रममा रौनकता थपेकी थिइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय