कुवेतमा १०२ औं बिपी जयन्ती मनाइयो 

हरिकृष्ण न्यौपाने, कुवेत, भदौ २५ 

नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०२ औं जन्म जयन्तीका अवसरमा कुवेतको फर्वानियामा नेपाली जन सम्पर्क समिति कुवेतले एक कार्यक्रम गर्‍यो। नेपाली जनसम्पर्क समिति कुवेतका सभापति अम्बर बहादुर केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी एनसीसी कुवेतका अध्यक्ष अर्जुन तामाङ थिए । जनसम्पर्क समिति कुवेतका कृष्ण तामाङले कार्यक्रमका सहभागिहरुलाई स्वागत गरेका थिए।

बिपीको मेलमिलापको नीति तथा बिपी कोइराला कसरी महामानव भए भन्नेबारेमा र उनको जीवनीका बारेमा बक्ताहरुले बोलेका थिए । बक्ताहरु मन्जित राई, जिफन्टका उदाश श्रेष्ठ, नयाँ शक्तिका निर्मल स्याङ्ताङ, जन प्रगतिशील मन्चका दावा थोकर, प्रवासी नेपाली मन्चका युवराज गैरे, एमाले निकट युवा संघ, केन्द्रीय सदस्य मुनाराज न्यौपाने तथा एनआरएनए अध्यक्ष अर्जुनले बिपीको जन्म जयन्तीको अबसरमा शुभकामना ब्यक्त गरे।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय