सहयोगी खोज्दै युएईसम्म

चिरन न्यौपाने, युएई 

तपाईंलाई समाजसेवा गर्ने मन छ, तर धन छैन रु समाजसेवा गर्न धन होइन मन चाहिन्छ भन्ने उदाहरण बनेका छन अमिर राम लुहार । अहिले उनी युएईमा छन र आफूले अहिलेसम्म कमाएको पैसाले नेपालमा अनाथ बालबालिकालाई पढाइरहेका, हुर्काइरहेका छन् ।   

ललितपुर भैंसेपाटीस्थित बालछहारी संस्थाका संस्थापक अध्यक्ष हुन लुहार । उनी हाल सहयोग खोज्दै युएईमा भौँतारिरहेका छन् । सुदुर पश्चिम दार्चुलाको एउटा गरिब बस्तीमा जन्मेका र सानै उमेरमा बाबुआमा गुमाएका लुहार आफैं बालगृहमा हुर्केका व्यक्ति हुन् । 

आफू जस्तै विचल्लीमा परेका बालबालिकाको पालनपोषण गर्ने र शिक्षादिक्षा दिने लक्ष्य सहित काम गरिरहेका लुहारको संघर्षको कथा लामो छ । उनी सन् १९९८ मा ईमारत पेट्रोल पम्प दुबईमा काम गर्न आएका थिए । भने अनुसारको काम र कमाई नभएपछि एक बर्षमै नेपाल फर्केका लुहारले लगत्तै होटल याक एण्ड यती, काठमाडौँमा काम पाए । सो होटलमा काम गर्दा बिदेशीहरुसँग चिनजान बढाउँदै आफ्नो लक्ष अनुरुपको साथीहरु धेरै बनाउने अवसर पाए उनले । त्यसको एकबर्ष पछि उनले अनाथ, गरिव, द्धन्द प्रभावित बालबालिकाको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामा काम सुरु गरे । त्यहाँ पनि ३ बर्षभन्दा बढी बसेनन् उनी । विसं २०६३ सालमा संस्था दर्ता गरेर त्यसको एक बर्षपछि अनाथ बालबालिका राख्ने क्रम सुरु भयो । 

तर बाटो सजिलो थिएन । घर बन्धक राखेर लिएको चार लाख ऋण सकिन कुनै बेर लागेन । तिर्ने कुनै उपाय नभएपछि घर नै बेच्नुपर्यो । त्यो रकम पनि केहि समयमै सकियो । ऋण थपिंदै गयो । बालबालिकाहरुको विद्यालयको शुल्क देखि खानपान, मसलन्द, घरभाडाको चाप भइरह्यो । तर पनि हार मानेनन् उनले । 

अन्तिम विकल्प थियो चिनेका विदेशी साथिहरु गुहार्ने । उनले त्यहि गरे । युरोप, अमेरिका लगायतका ठाउँबाट साथिहरुले खर्चबर्च व्यहोर्नेगरी बोलाए । त्यो प्रयासले केहि सफलता पनि हात लाग्यो । लण्डनको एक च्यारिटी, इटालीको अकोृ एक संस्था र स्पेनका केहि साथिले बच्चाको खाना र स्कुलको खर्च व्यहोर्ने वचन दिएपछि केहि सजिलो भयो । जुन सहयोग हाल पनि जारी छ । 

तर अन्य खर्चको जोहो गर्ने बाटो नभेटेपछि उनले जाउलाखेलमा तरकारी बेचे । तर यसले पनि धेरै मद्धत मिलेन । त्यसैले ५ बर्षको प्रयत्नपछि उनले त्यो काम पनि छोडे । 

अव सहयोगका लागि हात फैलाउने ठाउँ थियो युएई । उनले दुवईमा कार्यरत पुराना साथि प्रकाश सुनार लगाएतलाई गुहारे । त्यसपछि भिजिट भिषामा दुवई उत्रेका उनलाई प्रकाश सुनारका साथै रमेश श्रेष्ठ, सुदिप कार्की, मनोज गोर्खाली, रविन्द्र लामा लगायतको ठूलो सहयोग मिल्यो । एनआरएनए, युएइले १ लाख ४१ हजार सहयोग गर्यो भनें धादिङ्ग समाज, युएइले १५ हजार । यसले यसअघिको केहि ऋण तिर्न मद्धत पुगेको छ । 

भिजिट भिषामा बस्दा खर्च बढ्ने भएपछि उनी कम्पनीको भिषा त लगाएर बसेका छन् तर न काम छ न दाम नै कमाई । आजसम्म प्रकाश सुनारले नै जेनतेन गरेर खान बस्नसम्मको ब्यवस्था मिलाएका छन् ।

यसबीचको उनको संघर्षको नतिजा के भयो त रु एकसय भन्दा बढी बालबालिका सक्षम भएका छन् । कोहि सिएमए पढ्दै छन, कोहिस्नातक भएका छन् । अहिले पनि उनको संस्थामा ४५ जना अनाथ तथा गरिब बालबालिका आश्रित छन् । तर उनीहरुका लागि खर्च जुटाउन गाह्रो परेको छ । त्यसैले अमिर सहयोगी मनका व्यक्ति खोज्दै युएईमा भौंतारिइरहेका छन् । उनलायृ विश्वास छ अनाथ बालबालिका पढाउने र हुर्काउने अभियानमा हातेमालो गर्नेहरु कसरी नभेटिएलान् रु 

१४ महिनादेखि दुबईमा जुत्ता खियाइरहेका अमिरले धेरै देशका ब्यवसायी, समाजसेवीसँग भेटेर हातेमालोको प्रयास गरिरहेका छन् । लगानी गर्ने रकम भए युएईमा कुनै व्यवसायमा लगानी गरेर नेपालमा ति अनाथ बालबच्चा पढाउन, हुर्काउन सकिन्छ भन्ने पनि लाग्छ उनलाई । तर लगानी गर्ने रकम छैन ।  

अनाथ बालबालिका पढाउन हुर्काउन अमिरले गरिरहेको अनवरत प्रयास स्तुत्य छ । के तपाई उनी मार्फत ति अनाथ बालबालिकालाई सहयोग गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भनें हाल युएईमा रहेका अमिरलाई ००९७१५२१३७२५२६ मा फोन गर्न सक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय