भिषा शुल्क बढायो मलेसियाले

काठमाडौं, भदो २३ 

मलेसिया सरकारले नेपाली नागरिकका लागि भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको मलेसियाले भदौ २७ गतेदेखि लागू हुने गरेर भिसा शुल्कमा हजार सय पुर्याएको नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाले साढे वर्षको अवधिमा दुईपटक भिसा शुल्क बढाएको हो मलेसियाले यसअघि ०७० पुसमा सय रुपैयाा रहेको भिसा शुल्क बढाएर एकैपटक ३९ सय रुपैयाँ पुर्याएको थियो मलेसियाले त्यसवेला भिसा शुल्क वृद्धिसागै भिसा प्रक्रियाको आउटसोर्सिङको काम मलेसिया भिएलएन नेपाल प्रालिलाई दिएको थियो  त्यस्तै, दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा यसअघिफोसानामक संस्थालाई दिएको थियो

सो वेला विवाद भएपछि फोसा पछि हटेको थियो अहिले सोही फोसाको कार्यालय भिएलएनले खरिद गरेर काम सुरु गर्न लागेको हो नेपाल सरकारलाई कुनै जानकारी नै नदिई एकैपटक चर्को शुल्क वृद्धि गरेको भन्दै वर्षअघि भिएलएन नेपालको विषयमा व्यापक विरोध भएको थियो

सरकारले परराष्ट्र मन्त्रालयमार्फत भिसा शुल्क वृद्धिको विषयमा मलेसियामा समेत जानकारी माग्दा आफ्नो देशको भिसा शुल्कको निर्धारण समयसमयमा परिमार्जन हुने भनेपछि सरकारले आउटसोर्सिङ कम्पनी भिएलएनमाथि छानबिन गरेको थियो भिएलएनमाथि व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छानबिन गर्दै यसलाई खारेज गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो

पछिल्लोपटक मलेसिया कामको खोजीमा मात्र नभई अध्ययन घुमफिरका लागि नेपाली जाने क्रम बढेको भिसा शुल्कको वृद्धिले नेपालबाट जाने कामदारलाई मुख्य रूपमा आर्थिक भार थपिनेछ

काठमाडौंस्थित मलेसियाली दूतावासका उपनियोग प्रमुख अहमद फादिल इस्मेलले मलेसिया सरकारको निर्णयअनुसार नै नेपालमा भिसा शुल्क वृद्धि भएको बताएका छन् भिसाको सबै काम एकै ठाउँमा गर्ने गरीवान स्टेप सेन्टरसञ्चालन गर्न लागेको उनले जनाए

मलेसियाको नयाँ निर्णयसँगै अब भिसाका लागि पासपोर्ट संकलन, भिसा प्रक्रियाको काम भिएलएनले गर्ने मलेसियाली दूतावासले जनाएको अफिसियल भिसाका लागि भने मलेसियाली दूतावासमा नै सम्पर्क गर्नुपर्ने पनि दूतावासले जनाएको दूतावासले नेपालीसँगै नेपालबाट मलेसिया जाने भारतीय चिनियाँ नागरिकका लागि पनि भिसा शुल्क वृद्धि गरेको दूतावासले भारतीयका लागि हजार सय चिनियाँका लागि हजार सय रुपैयाँ शुल्क तोकेको जनाएको

साढे वर्षअघि मलेसियाले भिसा शुल्क वृद्धि गर्दा नेपाल सरकारले रोजगारीका सिलसिलामा मलेसिया जान चाहने नेपालीले चर्को भिसा शुल्क तिर्नुपर्ने अवस्थाप्रति ध्यानकर्षण भएको भन्दै घटाउन कूटनीतिक प्रयत्न गरेको थियो पुन: भिसा शुल्क वृद्धि भएको विषयमा नेपाल सरकारलाई कुनै जानकारी नभएको परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताए

मलेसिया जाने नेपाली कामदारलाई दिनप्रतिदिन आर्थिक भार थपिँदै गएको नेपालस्थित मलेसियाली दूतावासदेखि अन्य विभिन्न संस्थाले अनेकन शीर्षकमा कामदारसाग शुल्क लिदै बढाउदै लगेका छन् तीन महिनाअघिदेखि स्वास्थ्य परीक्षणका नाममा कामदारसाग माइग्राम्स शीर्षकमा थप ३३ सय रुपैयाँ असुल्ने गरिएको त्यो रकम हुन्डीमार्फत मलेसिया पठाउने गरिएको

अहिले मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षणबापत ४५ सय रुपैयाँ माइग्राम्सका नाममा थप ३३ सय तिर्दै आइरहेका छन् त्यस्तै, भिसा प्रमाणीकरणका लागि ४२ सय, कल्याणकारी कोषका लागि हजार, बिमाको ४५ सय २१ देखि ६२ सय ७०, अभिमुखीकरण तालिका लागि सय तिर्दै आइरहेका छन् त्यस्तै, निशुल्क टिकट भिसा नआएको समयमा टिकट भिसाको शुल्क पनि कामदारले नै तिर्नुपर्ने हुन्छ  

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकटकुमार शिशिरले लेखका हुन् 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: