
उदय राई, सोल
नेपालीका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले ईपिएस मार्फत कामदार ल्याउने गरेको छ । ईपिएस मार्फत कोरिया आउन चाहने वा आएकाहरुले थाहा पाइराख्नु पर्ने कुराहरुः
१. सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ (प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म)।
२. शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन । १ वर्ष १० महिनाको अवधि कम्पनीले नचाहेमा थप हुदैन। यो अवधि बढाउनकोलागि कम्पनी मालिकको सधै आज्ञाकारी मजदुर जुनु पर्नेछ । १ वर्ष १० महिनाको थप अवधि बढाउन कम्पनीलाइ बाध्य गराउन सकिने छैन ।
३. कम्पनीमा काम गार्हो भयो, वा बिरामी भएर काम गर्न सकिएन वा आफुलाई त्यो काम मन परेन वा कम्पनीको तलब सेवासुबिधा राम्रो लागेन, कम्पनीमा सुरक्षित तरिकाले काम गर्ने व्यवस्था छैन । यसै कारणले कम्पनी परिबर्तन गर्न चाहेको खण्डमा कम्पनीले परिबर्तन गर्ने अनुमति दिएन भने आफु खुशी कम्पनी परिबर्तन गर्न सकिदैन । बिना कारण कम्पनी परिबर्तन गर्नकोलागि अनुमति दिन बाध्य गराउन सकिने छैन । सम्झौता गरिएको अवधिसम्म काम गर्नुपर्ने हुन्छ । सो अनुसार काम नगरे वा काममा ५ दिनसम्म उपस्थित नभए भिषा रद्द गरिदिने (अबैधानिक बनाइ दिने) अधिकार कम्पनीलाई छ ।
जबरजस्तीकाम नगरेमा कोरियन कामदार र मालिकले घर फर्काइ दिने भनि धम्कि दिने गर्छन । रोजगार केन्द्रमा आफ्नो समस्याको सुनुवाई होलाकी भनेर गए पनि काम गर्न आएको गएर त्यहि काम गर भन्ने जवाफ धेरैले सुन्नु भएकै होला । त्यहाँ पनि कुनै सुनुवाई हुदैन त्यहाँ कर्मचारीले सहुकै समर्थन मात्र गर्छन, जसले गर्दा कम्पनीको दबाबमा जबर्जस्ति काम गर्नु पर्ने हुन्छ । सेवा सुविधा तलब राम्रो नदिने, भेदभाब गरेपनि सहनुपर्ने अनि अनेकौ अप्रिय घटना घट्ने साथै बिभिन्न शारीरिक समस्या आउने गर्छ । कम्पनीको बिना अनुमति स्वतन्त्र रुपमा परिबर्तन गर्न पाउने कानुन लागु गराउन सकिएमा ७०-७५ प्रतिसत प्रवासी मजदुरको समस्या समाधान हुने एक अध्ययनले जनाएको छ ।
४. कम्पनीले चाहेमा बिना कारण जुनसुकै समयमा निस्कासन गर्न पाउछ ।
५. कम्पनीबाट निस्कासन भएको मजदुरले आफुले चाहेको कम्पनी छनोट गर्ने अधिकार छैन । आफूखुसी आफुले चाहेको कम्पनीमा काम गर्न पाइदैन ।
६. कम्पनी परिबर्तन गरेछि काम खोज्ने अवधि ३ महिना मात्र दिइन्छ ।
७. यदि कम्पनी मालिकले कम्पनी परिवर्तन गर्ने अनुमति दिएमा पहिलो ३ बर्षमा ३ पटक र पछी १० वर्ष १० महिनाको अवधि थप भए पछी २ पटक मात्र कम्पनी परिबर्तन गर्न पाइने छ ।
८. लगातार ४ बर्ष १० महिना भन्दा बढी काम गर्न पाइदैन । जसले गर्दा विभिन्न अधिकारबाट बन्चित हुने छौ ।
९. कम्पनी परिबर्तन गरेकोले सिबिटी नदिई आउन पाइदैन । ३ वर्ष भन्दा घटी अवधि काम गरेकोले सिबिटि दिन पाइदैन ।
१०. आफ्नो परिवार झिकाउन पाइदैन ।
११. मानिस ७० र८० बर्षसम्म काम गर्न सक्छ तर प्रवासी मजदुरलाई ४० बर्षपछि काम गर्न सक्तैन भनेर काम गर्ने योग्य सुचीबाट हटाईन्छ ।
१२. कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाइदैन भने कृषि क्षेत्रको मजदुरलाई पूर्णरुपमा मजदुर कानुन लागु हुदैन ।
१३. थेजिकगुम पाउनकोलागि कोरिया छोड्नुपर्ने हुन्छ । यो गम्भीर भेदभाब हो ।
१४. मजदुर कानुन पूर्ण रुपमा लागु हुदैन ।
१५. ४ वर्ष १० महिना १ कम्पनीमा लगातार काम गरेपनि कम्पनी साहुले फेरी ल्याउन नचाहेमा सिधै आउन पाइदैन । सिबिटि पिबिटि मार्फत मात्र आउनुपर्ने हुन्छ । यसको अर्थ यो होकी प्रवासी मजदुरहरु जस्तो सुकै गार्हो काम ,सेवासुबिधा र कम्पनीको काम गर्ने स्थितिको अवस्था नाजुक भए पनि सहेर काम गर भन्ने हो । कम्पनीमा साहुसंग सेवा सुविधाको लागि माग गर्ने कामदारलाई अर्कोचोटी कोरिया बोलाउदैनन ।
हेल्लोकोरियानेपाल डटकमबाट