काठमाडौं, भदौ २१- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २८ पैसा र विक्रि दर २९ रुपैंयाँ ४५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५९ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ २१ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ३६ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ भन्दा केहि माथि छ । केहि महिना अगाडी २७ रुपैयाँ भन्दा माथि पुगेको रिंगिटको सटही दर घटेको र २६ मा आइपुगेको हो ।
यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया २२ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ २१ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ८१ छ भनें विक्रि दर २८४ रुपैंयाँ ४० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।