कतारबाट सवैभन्दा धेरै रकम लैजानेमा भारत, दोश्रोमा नेपाल

दोहा, भदौ २१  

नेपालीको दोश्रो रोजाईको गन्तव्य मुलुक कतारबाट नेपालले प्राप्त गर्ने रेमिट्यान्स पनि उल्लेख्य मात्रामा देखिएको छ । कतारको केन्द्रीय बैंकका अनुसार सन् २०१५ मा नेपालले भारत पछि दोश्रो धेरै रेमिट्यान्स भित्रियाएको छ । 

विश्वमै सवैभन्दा धेरै रेमिट्यान्स भित्रियाउने भारतले कतारबाट सो बर्ष झण्डैै चार अर्व डलर बरावर  रेमिट्यान्स भित्रियाएको तथ्याँकले देखाएको छ । दोश्रोमा नेपाली कामदारले २ दशमलव शुन्य दुई अर्व डलर रकम स्वदेश पठाएका छन् । नेपालपछि ईजिप्ट, बंगलादेश रहेको विश्व बैंकको रिपोर्टमा समेटिएको छ । 

यसैबीच सन् २०१५ मा ७ बर्षपछि पहिलोपटक रेमिट्यान्स पठाउने दरमा कमि आएको छ । विश्व बैंकको पछिल्लो रिपोर्ट अनुसार सन् २००९ पश्चात सन् २०१५ मा पहिलोपटक रेमिट्यान्सको रकम अघिल्लो बर्षभन्दा कम भएको हो । बैंकले यो क्रम यसबर्ष र आगामी बर्षसमेत जारी रहनसक्ने अनुमान गरेको छ । तेलको मूल्यमा आएको गिरावट यथावत रहे खाडीका देशहरुबाट जाने रेमिट्यान्स अझै केहि समयसम्म घट्ने बैंकको अनुमान छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय