रक्सिले लिंदैछ नेपाली युवा कामदारको ज्यान 

अबुधावी, भदौ २० 

युवा नेपाली श्रमिकको मृत्यु नेपालका लागि मात्र टाउको दुखाईको विषय छैन, यसले स्वयं खाडीका देशका अधिकारीहरुलाई पनि पिरोलेको छ । स्वभाविक मृत्यु वा हृदयाघातको रिपोर्ट बनाउँदै युवा कामदारको शव नेपाल पठाउन ति देशलाई जति सहज छ, विश्वजगतमा त्यसलाई पुष्टि गर्न उत्तिकै कठिन । तर युएईमा पछिल्लो एक अध्ययनले रक्सि सेवन युवा नेपाली कामदारको मृत्युको ठूलो समस्या रहेको देखिएको छ । 

युएईबाट सञ्चालित अनलाइन द नेशनलका अनुसार युएईमा रक्सि सेवनका कारण मृत्यु हुने नेपालीको संख्या बढ्दो छ । नेपाली दुतावासले गरेको अध्ययन अनुसार सन् २०१३-१४ भन्दा २०१४-१५ मा रक्सि सेवनका कारण मृत्यु हुनेको संख्या बढेको छ । यसैगरी सन् २०१५-२०१६ मा यो अझ बढेको समाचारमा जनाइएको छ । पछिल्लो बर्ष रक्सि सेवनका कारण मृत्यु हुनेको संख्या १५ रहेको समाचारमा उल्लेख छ । कलेजो विग्रिएर मृत्यु हुने ति कामदारको उमेर २२ देखि ३० बर्ष बीचको रहेको समाचारमा जनाइएको छ । 

लेवर क्याम्पहरुमा १० दिरहममा रक्सि खरिद गर्न पाइने र अधिकाँश कामदारले चिन्ता तथा घरबाट टाढा रहँदाको एकाँकीपन हटाउन सेवन गर्ने गरेका छन् । गत तीन बर्षभित्र १ सय ८४ नेपालीको मृत्यु भएकोमा त्यसमध्ये ५६ प्रतिशतको मृत्यु हृदयाघात तथा रक्सि सेवनका कारण सिर्जित स्वास्थ्य समस्याले भएको देखिएको छ । २३ प्रतिशतको मृत्यु दुर्घटना तथा १६ प्रतिशतले आत्महत्या गरेको देखिएको छ । रक्सि सेवनका कारण बढ्दो मृत्यु नियोगका लागि चिन्ताको विषय हो युएई स्थीत नेपाली दुतावासका द्धितिय सचिव कृष्ण अर्यालले भनेका छन् । युएईमा पछिल्ला तीन बर्षमा हरेक महिना ५ जना नेपालीको मृत्यु भइरहेको तथ्याँक छ अर्यालले भने त्यसमध्ये पछिल्लो समयमा रक्सि सेवन र त्यसका कारण मृत्यु हुने दरमा भएको बृद्धि हाम्रा लागि चिन्ताको विषय हो । 

हाल रक्सिका कारण मृत्यु हुनेको संख्या सानै भएपनि यसले भविष्यका लागि चिन्तित बनाएको द्धितिय सचिव अर्यालले बताए । सस्तोमा पाइने रक्सिमा हालिने केमिकलका कारण त्यो विषादीयुक्त हुने र सो रक्सि खाने गरेका कारण मृत्युदर बढेको हुन सक्ने अनुमान गरिएको छ । 

युएईमा नेपालीले आयोजना गर्ने कार्यक्रमहरुमा नेपालीहरु रक्सि खाएर मातेर आउने र होहल्ला गर्ने क्रम निक्कै देखिएको छ । यसैगरी छुट्टीका दिनमा रक्सि खाएर मातेर पार्कमा बस्ने, सडकमा हिंड्दा दुर्घटनामा पर्ने गरेका छन् । यसैगरी कतिपय भनें रक्सि खाएर गाडी चलाउँदा दुर्घटनामा पर्ने वा सुरक्षा जाँचमा परेर पक्राउ परी जेलमा पर्ने गरेका घटना पनि धेरै हुने गरेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय