मलेसियामा देखियो जिका भाइरस, सचेत रहन आग्रह 

काठमाडौं- मलेसियाका एक स्वास्थ्य अधिकारीले उत्तरी मलेसियामा एक पुरुषमा जिकाको पहिलो संक्रमण भेटिएको जनाएका छन् । जिका भाइरसको संक्रमणका कारण मस्तिष्कको पूर्ण विकास नभएका शिशुको जन्म हुने गर्दछ। यसअघि वैज्ञानिकहरुले एसिया र अफ्रिकामा जिकाको संक्रमणको जोखिम रहेको उल्लेख गरेका थिए। 

मलेसियाली स्वास्थ्य अधिकारीको भनाइमा उत्तरी मलेसियाको सवाह क्षेत्रका ६१ वर्षीय पुरुषमा सम्भवतः लामखुट्टेको टोकाइका कारण जिकाको संक्रमण भएको हो। केही दिनअघि मलेसियामा सिंगापुर गएर फर्किएकी एक महिलामा जिका भाइरसको संक्रमण भएको पाइएको थियो।

छिमेकी सिंगापुरमा सय जनाभन्दा बढी मानिसमा जिकाको संक्रमण भेटिइसकेको छ। त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार जिकाको संक्रमण रैथाने किसिमकै देखिएको छ र त्यो दक्षिण अमेरिकाबाट आएको होइन । जिकाको संक्रमण भेटिएपछि सिंगापुरमा लामखुट्टे हुर्कने र लामखुट्टेले फुल पार्न सक्ने स्थानमा व्यापकरुपमा सफाइ अभियान थालिसकिएको छ।

कसरी जोगिने ?

अहिलेसम्म कुनै उपचार वा खोपको व्यवस्था नभएको जिकाबाट बच्नु भनेको जिका प्रभावित क्षेत्रमा भ्रमण नगर्नु हो । यदि प्रभावित क्षेत्रमा भ्रमण गर्नै पर्यो भने विश्व स्वास्थ्य संगठन वा त्यहाँका स्थानीय अधिकारीहरुले ल्याएको लामखुट्टेबाट बच्ने उपायको पालना गर्नुपर्छ । प्रभावित क्षेत्रमा लामो पाइन्ट लगाउनुहोस, लामखुट्टेको टोकाईबाट बच्न बाक्लो लामबाहुले कमिज लगउनुहोस्, एसीयुक्त परीक्षण गरिएको कोठामा सुत्ने लगायतका उपाय अपनाउन सकिन्छ । यदि तपार्इंलाई जिका संक्रमण छ भने तपाई आफैले पनि अरुलाई सर्नबाट जोगाउन सक्नुहुन्छ । होटल तथा घरका झ्यालहरुमा लामखुट्टे मारेर पनि यस संक्रमणबाट बच्न सकिन्छ ।

विविसी तथा स्वास्थ्यखवर डटकमबाट साभार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय