दाङ देउखुरी सहकारीको साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

कुमार “अविरल” पन्थी, कतार 

दाङ देउखुरी सेवा समाज कतार अन्तर्गत रहेको दाङ देउखुरी बचत सहकारीको साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा दङ्गाली तथा गैर दङ्गालीहरुको उपस्थिति रहेको थियो । 

समाज अन्तर्गत रहेको दाङ देउखुरी बचत सहकारीको विविध गतिविधिहरु प्रस्तुत गर्दै सोहि साधारण सभाले लीलामणि लामिछानेको अध्यक्षतामा सात सदस्य सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष सुभाष रजौरे, सचिव र्इश्वर जि.सि., कोषाध्यक्ष मीनराज पुन मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा नवराज एम सि, लीलाधर आचार्य, शेर बहादुर बिष्ट रहेका छन। 

सहकारीको कार्यक्रम समापन पछि हिन्दु नारीको महान चाड हरितालिका तिजको अवसरमा तिज विशेष कार्यक्रम समेत सम्पन्न भयो । कार्यक्रममा गायक होम बि.सी., दुर्गा बि.सि., सुदिप पुन, गायिका सुष्मा पुन, कमला गुरुङ, डान्सर सन्चोमाया तामाङ, हास्यव्यंग कलाकार राम बहादुर बोहरा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । सोहि अवसरमा कार्यक्रममा उपस्थीतहरुलाई तिजको दर समेत खुवाइको थियो ।

कार्यक्रमको अन्त्यमा सभपति सुवेदीले कार्यक्रम भव्य एवम सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: