साउदीमा आत्महत्या गरेका नेपालीको शव ल्याउन समस्या 

रञ्जना लम्साल, नवलपरासी, भदौ १७ 

साउदी अरवमा विष पिएर आत्महत्या गरेका एक नेपालीको शव नेपाल ल्याउन समस्या भएको छ । कावासोती ९ डण्डाका मिनप्रसाद अर्यालले गत असार १९ गते विष पिएर आत्महत्या गरेका थिए ।

साउदीमै कार्यरत बासुदेव पराजुलीका अनुसार उनी होटल हर्फी, साउदीमा कार्यरत थिए । पराजुली मृतक अर्यालका जेठान हुन् । बिगत १५ बर्ष देखि साउदीमा कार्यरत अर्याल १० महिना अगाडी छुटृीमा नेपाल आएर फर्केका थिए । ४५ बर्षिय अर्यालको शव नेपाल ल्याउन प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)ले पहल गरिरहेको जनाएको छ । विवाहित अर्यालका दुई सन्तान छन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: