विहिवार कति छ रिंगिट रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, भदौ १६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३५ पैसा र विक्रि दर २९ रुपैंयाँ ५१ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ३८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ५३ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । पछिल्लो केहि समययता रिंगिटको सटही दर २६ रुपैयाँ भन्दा केहि माथि छ । केहि महिना अगाडी २७ रुपैयाँ भन्दा माथि पुगेको रिंगिटको सटही दर घटेको र २६ मा आइपुगेको हो ।   

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया छ भनें विक्रि दर ३५५ रुपैंयाँ ९९ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ४४ छ भनें विक्रि दर २८५ रुपैंयाँ ३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय