
हरि कृष्ण न्यौपाने, कुवेत- कुवेतको साद अल अब्दुल्लाको एक घरमा कार्यरत नेपाली घरेलु महिला कामदारले घरको दोस्रो तल्लामा झुन्डिएर आत्महत्या गर्ने प्रयास गर्दा त्यहिबाट खसेर सख्त घाइते भए पछी उनलाई जाहरा अस्पातलमा भर्ना गरिएको छ।
कुवेतको अन्लाइन पोर्ट आइमान मातका अनुसार ति दोश्रो तल्लाबाट खसेर घाइते नेपाली घरेलु महिला कामदारका बारेमा गरेको अनुसन्धानमा देखिए अनुसार उनले आफ्नो तन्नाको पासो लागेर दोस्रो तल्लामा झुन्डिने प्रयास गर्दा उनी त्यहिबाट तल खसेकी थीइन ।
नाम, ठेगाना खुल्न बाँकी ति सख्त घाइते नेपाली घरेलु महिला कामदारलाई जाहरा अस्पातल पुर्याइएको र उनको बारेमा कुवेत प्रहरीमा घटना दर्ता गरिसकिएको छ ।