नेपाली महिलाले कुटिन् भन्दै प्रहरीमा उजुरी

हरि कृष्ण न्यौपाने, कुवेत- आफ्नै इजिप्सियन (मिश्री) घर मालिक्नीलाई कुचोले हिर्काएको आरोपमा एक नेपाली घरेलु महिला कामदार विरुद्ध कुवेत प्रहरीमा मुद्दा दर्ता गरिएको छ। कुवेतको अनलाइन पोर्ट अइमानमातले जनाए अनुसार ति नेपाली घरेलु महिला कामदारले आफ्नै इजिप्सियन मालिक्नीलाई कुचोले हिर्काए पछि उक्त मालिक्नी र घर मालिकले साल्मिया प्रहरी स्टेशनमा गएर मुद्दा दर्ता गराएका हुन।

अस्पतालको रिपोर्ट अनुसार नेपाली घरेलु महिला कामदारले कुचोले हिर्काउदा ति मालिक्नीको शरीरको विभिन्न भागमा चोट पटकहरु लागेको देखिएको छ। घटना पछि नेपाली घरेलु महिला कामदारले घर छोडेर लुकेको र कुवेत प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ। ति नेपाली घरेलु महिला कामदार को हुन भन्ने खुल्न सकेको छैन।

कुवेतमा मालिक(मालिक्नीहरुले आफ्ना घरेलु कामदारहरुलाई कुटेको, शारिरिक तथा मानसिक यातना दिएको घटनाहरु प्रसस्तै भए पनि मालिक मालिक्नीलाई कुटेको घटना बिरलै पाइन्छ। 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय