एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन न्यूजर्सीमा सम्पन्न

न्यूजर्सी, संयुक्त राज्य अमेरिका- गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८ माअमेरिकाको न्युजर्सी शहरमा सम्पन्न भएको छ । “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटन पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले गरेका थिए । 

गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५ सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा भएको यस सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनमा मुख्यतः गैरआवासीय नेपाली संघको आगामी नीति तथा संस्थागत संरचनाका बिषयमा अध्यक्ष शेष घलेले पेश गरेको प्रस्ताव माथि छलफल भयो ।

एनआरएनएको संस्थागत क्षमता अभिबृद्धि गरी नेपाल र नेपाली समुदायको अपेक्षालाई परिपूर्ती गर्नेगरी संरचना तयार गर्ने, दोस्रो पुस्ताका एनआरएनलाई संस्थामा सहभागी बनाउने र परोपकारी कामका लागि बेग्लै एनआरएन फाउण्डेसन स्थापना गर्ने नयां नीतिमा प्रस्ताव गरिएको छ ।

सम्मेलनले सो प्रस्ताव प्रति सहमति प्रदान गर्दै गैरआवासीय नेपालीहरुको सुझाव र प्रतिक्रिया लिएर कार्यन्वयनको प्रकृयामा लैजान अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जिम्मा दिएको छ । सम्मेलनमा पुनःनिर्माण, गैरआवासीय नेपाली संघको भवन निर्माण, गैरआवासीय नेपाली नागरिकता, बैदेशिक रोजगार, महिला, पर्यटन प्रर्बद्धन लगायतका बिषयमा गहन छलफल भएको छ । ती छलफलबाट प्राप्त निष्कर्षहरुलाई समावेश गर्दै सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: