अबुधाबीमा हुने नेपाली म्युजिक भिडियो अवार्डको तयारी पुरा 

लक्ष्मण खनाल युएई 

युएईको अबुधाबीमा १६ सेप्टेम्वर २०१६ मा पहिलो पटक हुन गइरहेको नेपाली म्युजिक अवार्ड २०१६ को तयारी पुरा भएको आयोजकले बताएका छन । युएईका लागि आयोजकहरु एकेन्द्र थापा, अशोक बानियाँ र महेश गिरीले बरदुबईमा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको बताए । 

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै आयोजक तथा नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापाले कार्यक्रमको तयारीको लागि युएईमा हुनुपर्ने सम्पुर्ण व्यवस्थापन सकिएको जानकारी दिए । आवार्ड पाउने कलाकार छनौटको प्रक्रियाको सम्पुर्ण जिम्मेवारी मुल आयोजक संगिक्षा फिल्मस्को रहेको जानकारी दिंदै थापाले विभिन्न १८ विधाका कलाकारहरु छनौट गरेर अवार्ड दिइने बताए । साथै उनले नेपाली गीत संगितलाई  विश्वमा पहिचान गराउन सो कार्यक्रम युएईमा राखिएको पनि जानकारी दिए ।

आयोजक समितिका अर्का सदस्य महेश गिरीले आयोजक, कलाकार, सञ्चारकर्मी सहितको ४५ जनाको टोली नेपालबाट आउने बताउँदै कार्यक्रममा अवार्ड वितरण मात्र नभएर बरिष्ठ कलाकारहरुको विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि रहने जानकारी दिए ।

यसैगरी आयोजक समितिका अर्का सदस्य अशोक बानियाँले कार्यक्रमको लागि टिकटहरु बजारमा आएको बताउदै टिकटहरु ५०, १०० र २०० गरि ३ तहको रहेको जानकारी दिए । उनले सो कार्यक्रममा उपस्थित भएर नेपाली कला, गीत र संगितको संरक्षण र सम्वद्धमा प्रोत्साहन गर्न सम्पुर्ण युएईवासी नेपालीहरुलाई अनुरोध पनि गरेका थिए । 

कार्यक्रमको आयोजकहरु नेपालको लागि संगिक्षा फिल्मस् र युएईको लागि नमस्ते ट्राभल्सको टिम र महेश गिरी रहेको पनि जानकारी दिइएको थियो । युएईको लागि एअरलाइन्स पार्टनर एअर अरविया रहेको पनि जानकारी गराइएको थियो । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय