
काठमाडौं, भदौ १०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३७ पैसा र विक्रि दर २९ रुपैंयाँ ५४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ११ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ६२ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७७ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ९९ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ ९८ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ६२ छ भनें विक्रि दर २८५ रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।