नेपाल वायुसेवाका प्रतिनिधि र विजनेश काउन्सीलबीच छलफल

युएई, भदौ ८- नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार सहितको टोलीले युएईमा रहेका नेपाली ब्यवसायीहरुको संस्था नेपाल बिजनेस काउन्सिलका पदाधिकारीहरुसँग दुबईमा बिशेष भेटघाट तथा छलफल गरेको छ । 

टोलीमा नेबानीको तर्फबाट कंसाकार सहित वाणिज्य विभाग प्रमुख जनकराज कालाखेती र युएईका लागि कन्ट्री मेनेजर रमेश पौडेलको उपस्थिती थियो । नेपाल बिजनेस काउन्सिलका तर्फबाट अध्यक्ष असिफ अली सिद्दिकी, उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा, महासचिव दीपकराज पौडेल, कोषाध्यक्ष एकेन्द्र बहादुर थापा र सदस्य राधाकृष्ण पाठकको उपस्थिती थियो । 

उक्त कार्यक्रममा नेबानीका पदाधिकारी र बिजनेस काउन्सिलका पदाधिकारी बिच ४ बर्ष पछी फेरी उडान सुरु गरेको राष्ट्रिय झण्डा बाहक बिमान नेपाल एयरलाइन्सलाई सहयोग र सहकार्य गर्ने भन्ने बारेमा छलफल भएको कोषाध्यक्ष एकेन्द्र बहादुर थापाले बताए । नेपाल बिजनेस काउन्सिलका अध्यक्ष सिद्दिकीले आफु मातहातका ब्यवसायीहरुलाई नेबानीले दिने सुबिधा बारेमा थप जिज्ञासा राखेका थिए । संस्थागत रुपमा सहकार्य गरे नेपाल एयरलाइन्सले दिने सुबिधाबारे कंसाकारले आवश्यक प्रकृया पछी जानकारी दिने बताएका छन ।  

नेपाल बिजनेस काउन्सिल युएईमा कानुनत दर्ता भएको नेपालीहरुको एक मात्र अधिकारिक संस्था हो । यो संस्थामा युएईमा रहेका अधिकाँश नेपाली ब्यवसायीहरु आबद्द हुने क्रम जारी रहेको काउन्सिलले जनाएको छ ।

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय