साउदीमा ६ जना नेपाली तलव नपाएर अलपत्र, उद्धारको अपिल 

काठमाडौं, भदौ ८ -साउदी अरवमा रोजगारीका लागि पुगेका ६ जना नेपालीले आफूहरुले ६ महिनादेखि तलव नपाएको भन्दै उद्धारको अपिल गरेका छन् । उद्धारका लागि उनीहरुले जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवमा निवेदन दिएको सपोर्ट ग्रुप साउदीका संयोजक राज तामाङले बताए । निवेदन दिनेहरुमा अस्मान सिंह गोले(महोत्तरी), बाबु शाही (सुर्खेत), सविन श्रेष्ठ (ईलाम), जुरी साह कानू (महोत्तरी), विजय साह कानू (महोत्तरी), भगल पासवान (महोत्तरी) छन् ।

गत मार्चमा काठमाडौंस्थीत अल हेरा ओभरसिज मार्फत रोजगारीका लागि साउदी पुगेका उनीहरु न्यू टेक्नोलोजी कन्स्ट्रक्सनमा कार्यरत छन् । आफूहरुलाई कम्पनीले तलव पनि नदिएको र अस्थायी बसोवास अनुमति पत्र(अकमा) पनि नवनाइदिएको उनीहरुको भनाई छ । उनीहरुले आफूहरुलाई बाँकी तलव दिलाइदिन र अकमा बनाउने वातावरण मिलाइदिन आग्रह गरेका छन् । पीडितलाई मद्धत गर्न साउदी स्थीत नेपाली दुतावासलाई आग्रह गरिएको तामाङले जानकारी दिए । 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय