नेपाली युवाले विहे गरी अलपत्र पारेकी जोयाका पक्षमा बोल्ने सयौं नेपाली

काठमाडौं, साउन ३२ 

चितवन रत्ननगरका युवा जीवन थापासँग विवाह गरेर नेपाल आएकी फिलिपिनो नागरिक जोया रुँदै स्वदेश फर्किन लागेको समाचारले यो साता नेपाली समुदाय तरंगित भयो । यो समाचारले धेरै नेपालीलाई मर्माहत बनाएको छ । पाठकहरुले व्यक्त गरेका धारणाले यसले नेपालीको नै बेइज्जत भएको भन्दै त्यसरी समस्यामा पार्ने नेपाली युवालाई कारवाही हुनुपर्ने माग गरेका छन् । यसैगरी कतिपयले भनें सरकारले पनि त्यसरी फसाइएकी महिलासँग ७ लाख रुपैंयाँ फिलिपिन्सको सरकारसँग लिने कामको भत्र्सना गरेका छन् । 

राससका चितवन सम्वाददाता नारायण ढुँगानाले लेखेको समाचारलाई देशपरदेशले प्रकाशन गरेको थियो जुन समाचार तीन दिनभित्र झण्डै दुई लाख ५० हजार पटक पढिएको छ । अनलाइन र फेसबुकमा गरी झण्डै ६ सय जनाले यसमा प्रतिकृया जनाएका छन् । 

प्रतिकृया जनाउनेहरु मध्ये शतप्रतिशत जसोले नेपाली युवा जीवनले सिंगो नेपाली समुदायको बेइज्जती गरेको धारणा राख्दै जोया घर फर्किन पाउनुलाईै खुशीको कुरा भनेका छन् । कतिपयले भनें त्यसरी उनलाई आफ्नै देश फर्काउनुको साटो नेपालको नागरिकता दिएर यहिं राख्नुपर्ने थियो भनेका छन् । 

सो समाचार प्रकाशित भएपछि हामीलाई केहि व्यक्तिले सन्देश पठाउँदै जोया र उनका सन्तानलाई आर्थिक सहयोग गर्न चाहेको र सम्पर्कको माध्यम उपलव्ध गराइदिन आग्रह गरेका छन् । 

www.facebook.com/deshparadesh 

उनको पक्षमा आएका केहि प्रतिनिधिमुलक प्रतिकृयाहरु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय