
सोल- प्रवासी मजदुर संघ एमटियू र केसिटियूले इपिएस लगायत अन्य प्रवासी मजदुर सम्बन्धी नियम कानूनको नराम्रो पक्षको सुधारको माग राखी अगष्ट २१ तारिखमा बृहत र्यालीको आयोजना गर्ने भएको छ । प्रवासी मजदुरको समस्या तथा कम्पनीमा उनीहरु माथि दमन, भेदभाव नरोकिएको भन्दै एमटियू र केसिटियूले अन्य माग राखी बृहत आन्दोलन गर्ने भएका हुन् ।
एमटियू र केसिटियूले इपिएसमा भएको नराम्रो पक्षको सुधार ,स्वेच्छाले कम्पनी परिवर्तन गर्न पाउनु पर्ने, मजदुरका ३ अधिकार सुनिश्चित हुनु पर्ने, काम गर्न पाउने उमेरको हदबन्दि हटाउनु पर्ने, लामो अवधीसम्म काम गर्न पाउनु पर्ने माग राखेका छन् । यसैगरी कम्पनी परिबर्तन गरेपनि सिबिटि नदिइ आउन पाउनु पर्ने, ३ वर्ष पछीको अवधि कम्पनीको बिना अनुमित थप गर्न पाउनु पर्ने छन् । कृषि क्षेत्रको मजदुर उत्पादनमा परिबर्तन गर्न पाउनु पर्ने, कृषि क्षेत्रको मजदुरलाई सेवा सुबिधा सम्बधि भेदभाब गरिने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने , बिदेशमा भएको कोरियाको कम्पनीमा कामगर्ने मजदुरलाई कोरियामा प्रशिक्षार्थिको रुपमा ल्याई काम लगाउने ९ महिनाको तलब २ सय डलर भन्दा कम बिदेश लगानी प्रसिक्षण प्रणाली खारेज हुनु पर्ने, सबै भिषामा काम गर्ने प्रवासी मजदुरलाइ समान सेवा सुबिधा दिनु पर्ने लगायतको माग राखेको छ ।
यि माग पुरा गराउन सरकारलाई दबाब दिन एमटियूले आगामी २१ तारिखका दिन राजधानी सोलको छोंगाकमा हुने बृहत ¥यालीमा कोरियामा सक्रिय प्रत्येक नेपाली संघसंस्थाबाट कम्तिमा २० जना सदस्यहरु उपस्थिति जनाउन बिशेष अपिल गरेको छ । त्यस्तै एमटियूले सो ¥यालीमा सहभागी हुन कोरियामा कार्यरत सम्पुर्ण प्रवासी मजदुर, पत्रकार, बृद्धिजिवी लगायत महानुभावमा आग्रह गरेको छ ।
हेल्लोनेपालकोरियाडटकमबाट साभार