समाजसेवी राजनीतिमा हाम्फालेपछि युएईमा ठूलै बहस 

युएई, साउन ३१- नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा नयाँ शक्ती नेपाल पार्टीको केन्द्रिय परिषद सदस्यमा मनोनित भएका छन । नयाँ शक्ती युएईका संयोजक उत्तम अधिकारीका अनुसार १३ अगस्टको निर्णय अनुसार सापकोटालाई केन्द्रिय परिषदमा मनोनित गरिएको हो । 

मनोनित भएसँगै उनी नयाँ शक्तीमा जाने बारेको यसअघि सामाजिक संजालमा आएको हल्ला पुष्टी समेत भएको छ । केही महिना अघि उनले नेपालमा नयाँ शक्तीका अध्यक्ष डा. बाबुराम भट्टराई भेटे पछी उनको नयाँ शक्तीमा प्रवेश गर्ने हल्लाले युएई तातेको थियो । सापकोटाले आफु भने केन्द्रिय नेतामा मनोनित भए पनि अर्ध भूमिगत रुपमा नै रहन खोजेको भन्दै नयाँ शक्ती युएईमा गुनासो बढ्दै गएको थियो । सोही हल्ला र गुनासोलाई सम्बोधन गर्दै नयाँ शक्ती, युएईका संयोजक उत्तम अधिकारीले सामाजिक संजाल मार्फत उनी केन्द्रिय परिषदमा मनोनित भएको भन्दै बधाई दिएका छन ।  

सापकोटा नयाँ शक्तीमा जाने निश्चित भएसँगै युएईमा रहेका अन्य राजनीतिक दलका भातृ संगठनका नेता तथा कार्यकर्ताहरु भने रुष्ट देखिएका छन । सापकोटाले यसअघि पटक पटक राजनीतिक दलहरुलाई गाली गर्ने गरेकोले पनि उनीहरु सापकोटासँग असन्तुस्ट देखिन्थे । श्रोतका अनुसार सापकोटाले केही महिना अघि मात्र राजदुताबासको एक भेटघाट कार्यक्रममा राजदुतकै अगाडि युएईमा राजनीतिक दलका भातृ संगठनहरुलाई बन्द गर्नु पर्ने धारणा राखेका थिए । उनको भनाइ सुने पछी कुनै पनि राजनीतिक  दलका नेताहरु नेपाली समाजले आयोजना गरेको अन्तर्कृयामा उपस्थिती जनाएनन । उक्त अन्तर्कृया कार्यक्रम उनीहरुले अघोशित रुपमा बहिस्कार गरेका थिए । 

गत अगस्ट ५ तारिक सम्पन्न नेपाली समाजको २६ औ बर्षगाँठ सम्बन्धी कार्यक्रम समेत माओवादी केन्द्र निकट नेपाली जनप्रगतीशिल मञ्चका अध्यक्ष हेमन्त पौड्याल बाहेक अन्य संगठनले बहिस्कार गरेका थिए । नेपाली समाज युएईले उक्त कार्यक्रम १ लाख दिर्हाम्सको कल्याणकारी कोषको स्थापनाको लागि गरेको थियो ।    

सापकोटा नयाँ शक्तीमा प्रबेशको अधिकारिक पुष्टी भएसँगै युएईको पुरानो संस्था नेपाली समाज र सिङो नेपाली समुदायमा राजनीतिक ध्रुबिकरण बढ्ने देखिएको छ । फरक बिचार राख्ने अन्य संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक संजाल मार्फत सापकोटाको आलोचना गरेका छन ।

www.facebook.com/deshparadesh 

हेर्नुहोस् सामाजिक सञ्जालमा व्यक्त केहि भनाई

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय