प्रधानमन्त्री प्रचण्डद्धारा युएईसँग आर्थिक समृद्धिका लागि सहकार्य हुने अपेक्षा 

काठमाडौं, साउन ३१- नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदान मोहम्मल अल नक्वीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा राजदूत नक्वीले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री प्रचण्डको कार्यकालमा द्धिपक्षिय सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । 

भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक विकास र साझेदारीका लागि संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताए । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण, सुशासन र आर्थिक समृद्धि सरकारको प्राथमिकता भएको जानकारी दिँदै दुई देशबीच उच्चस्तरीय भेटवार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्धाहरुमा साझेदारी हुने विश्वास व्यक्त गरे । 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय