
काठमाडौं, साउन ३१– बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरवमा गाडी चलाउने क्रममा एकजनाको ज्यान जानेगरी भएको दुर्घटनामा दोषि ठह¥याइएका रामचन्द्र तिमिल्सिनालाई बचाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सहयोग गरेको छ । दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकका परिवारलाई व्लड मनी तिर्न नसकी साउदीको जेलमा रहेका यातायात मजदुर तिमिल्सिनाका लागि संगठनले ५१ हजार १ सय सहयोग गरेको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, पनौति इकाई कमिटीले सहयोग रकम रामचन्द्रका बाबु शेषनारायण तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । सो अवशरमा बोल्दै संगठनका बागमति अञ्चल अध्यक्ष नवराज घिमिरेले रामचन्द्रलाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।