लक्ष्मण खनाल, युएई, साउन ३१
नयाँ शक्ति नेपालको विदेश विभाग अन्र्तगतको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएईको राष्ट्रिय भेला अबुधाबीमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज युएईको अबुधावी क्षेत्रिय समितिको आयोजनामा उक्त भेला सम्पन्न भएको हो ।
अबुधावी क्षेत्रिय समितिका प्रवक्ता देवेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली समाज, युएईका संयोजक उत्तम अधिकारी थिए । बिशेष अतिथि नयाँ शक्ति नेपालका लागि नवनियुक्त केन्द्रिय परिषद सदस्य (जो हिजो मात्र नियुक्त भएका हुन) तथा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा थिए ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले कार्यक्रममा उठेका जिज्ञासाहरुको वारेमा प्रष्ट पार्दै शसंकित नभइ संगठन विस्तारमा लाग्न सम्पुर्ण सदस्यहरुलाई आग्रह गर्दै संस्थाको भावी कार्ययोजनाको बारेमा प्रष्ट पारेका थिए । विशेष अतिथि चन्द्र प्रसाद सापकोटाले कुरा र भाषण भन्दा काम गरेर देखाउनु पर्ने आवश्यकता रहेको भन्दै कुन नयाँ काम गर्न सकिन्छ जसले देश सम्वृद्ध बन्न सक्छ त्यस तर्फ ध्यान दिन सबैलाई आग्रह गरेका थिए ।
अन्य वक्ताहरुमा समाजका युएई उपसंयोजक मुन्न समसुल हक, दामोदर गिरी, प्रतिक्षा कार्की, धुर्व भट्ट, शंकर बराल, अच्युत दुलाल, ज्ञानेन्द्र अमगाई, राजन श्रेष्ठ, सरोज खड्का, जनक श्रेष्ठ, दिपक बुढाथोकी लगायत रहेका थिए ।
नेपालमा हुने आगामी निर्वाचनमा सहभागी हुने र सोही तयारीको लागि व्यापक संगठन विस्तार गर्ने उद्देश्य राखेर नयाँ शक्ति नेपालको अभियान अन्र्ततग आफुहरु पनि संगठन विस्तार, अन्तृक्रिया र प्रशिक्षणमा लागेको र सो कार्यक्रम पनि सोही अभियान अन्र्तगत रहेको अन्तर्राष्ट्रिय नेपाली समाज युएईका संयोजक उत्तम अधिकारीले जानकारी दिए ।