बैदेशिक रोजगारीबाट फर्किनेहरुलाई प्रयोग गरेर टीभि र ल्यापटपको तस्करी 

काठमाडौं, साउन ३०- विदेशबाट आउँदा साथमा एउटा इलेक्ट्रोनिक सामग्री ल्याउन पाउने सुविधाको दुरुपयोग गर्दै व्यापारीले भन्सार छली गर्ने घटना बढेका छन् । ६ महिना विदेशमा बसेका नागरिकले एक सेट ल्यापटप, टेलिभिजन ल्याउन पाउने सुविधाको दुरुपयोग गर्दै व्यापारीले हवाईमार्गबाट त्यस्ता सामग्री झिकाएर भन्सार छली गरी तस्करी भएका सामान फेला पर्ने क्रम बढेको हो । 

उनीहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीको उपयोग गरी प्रतिव्यक्ति एउटा सामान बोकाउन लगाउने र उनीहरू विमानस्थलबाट बाहिरिएलगत्तै संकलन गर्ने गरेको देखिएको विमानस्थलका डीआईजी गोविन्दप्रसाद निरौलाले बताए ।

प्रहरीले शनिबार थाइल्यान्डबाट ल्याइएका तीनवटा टेलिभिजनसहित महेश गुरुङलाई पक्राउ गरेको छ । उनले थाई एयरवेजबाट आएका यात्रुले ल्याएको सामसुङ कम्पनीको टेलिभिजन विमानस्थलबाहिर संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

विमानस्थलको आगमन गेटबाहिर पार्किङ क्षेत्रमा टेलिभिजन संकलन गरिरहेको देखेपछि सोधपुछ गर्दा तीनवटै टेलिभिजन एउटैको रहेको खुल्यो,’ डीआईजी निरौलाले भने, ‘भन्सार छलीका लागि यस्तो उपाय अपनाएको खुलेपछि टेलिभिजन लिन आउने व्यापारीलाई पक्राउ गरेका हौं ।’

साउन ९ मा विमानस्थल प्रहरीले पार्किङ क्षेत्रबाटै सामसुङका ८ वटा एलईडी टेलिभिजन बेवारिसे अवस्थामा फेला परेको भन्दै भन्सार दाखिला गरेको थियो । भन्सारमा बेवारिसे अवस्थामा ती सामान फेला परेको प्रहरीको दाबी छ । प्रहरीले मलेसियाबाट आएका रोशन प्रधानांग र नरेशकुमार श्रेष्ठलाई ४ वटा टेलिभिजनसहित पक्राउ गरेको थियो ।

डीआईजी निरौलाले केही घटनाको अनुसन्धानमा व्यापारीले विदेशबाट फर्कने नेपाली यात्रुको दुरुपयोग गर्दै सामान मगाएर भन्सार छली गर्ने गरेको देखिएको बताए । विदेशबाट फर्कने कामदारसँग उतै सम्पर्क गरी आफ्नो सामान दिने र विमानस्थलबाट बाहिरिएपछि संकलन गर्ने प्रवृत्ति देखिएको भन्दै उनले सामान लिन आउनेलाई पक्राउ गरी भन्सारमा बुझाउने गरिएको जानकारी दिए ।

यो समाचार कान्तिपुरमा केपी ढुँगानाले लेखेका हुन्  

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: