मनोरञ्जन क्षेत्रका श्रमिक भन्छन्ः हाम्रो श्रमको मूल्याङकन भएन 

काठमाडौँ, साउन ३०- अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित ‘मनोरञ्जन क्षेत्रमा निर्वाहमुखी ज्याला’ विषयक अन्तक्रियामा उनीहरुले पारिश्रमिकको कुरा गर्दा साहुले उल्टै गालीगलौज गर्ने गरेको गुनासो पोखे । उनीहरुले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिने मनोरञ्जन क्षेत्रलाई राज्यले प्राथमिकतामा नराखिनुका साथै आफूहरुको श्रमको मूल्याङ्कन नगरेको बताए । 

सो अवशरमा नेपाल स्वतन्त्र होटल क्यासिनो तथा मजदुर युनियनका अध्यक्ष सूर्य कँुवरले मनोरञ्जन क्षेत्रको पारिश्रमिक समस्या बढ्दै गएको गुनासो आइरहेको बताउँदै यसप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताए ।युनियनका महासचिव दीपक सापकोटाले श्रमको मूल्याङ्कन भएन भने देशभरिका मजदुरले आन्दोलन गर्ने चेतावनी दिए ।

अन्तरक्रिया आयोजक संस्था महिलाका निम्ति महिला मञ्च नेपालकी अध्यक्ष सिर्जना पुनले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको मानवअधिकार सरकारले सुनिश्चित नगरेको, श्रम ऐनले पनि मनोरञ्जन क्षेत्रमा कार्यरत महिलालाई श्रमिक नमानेको र यसका लागि सशक्त रुपमा सरकारसमक्ष आफ्नो अधिकारको माग गर्ने बताइन् । काठमाडौँ उपत्यकाका डान्सबार, दोहोरी साँझ, क्याबिन, रेस्टुराँ, खाजा घर मसाजजस्ता क्षेत्रमा करिब ५० हजार श्रमिक महिला कार्यरत रहेको अनुमान छ । 

तस्वीर प्रतिकात्मक रुपमा ईन्टरनेटबाट 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय