नेपाली जनप्रगतिशिल मञ्च युएईको अध्यक्षमा पुनः  हेमन्त पौडेल 

लक्ष्मण खनाल, युएई

नेकपा माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशिल मञ्च युएईको १२ अगस्टमा सम्पन्न अधिबेशनले हेमन्त पौड्याललाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । युएईको रसअल खैमहमा सपन्न अधिबेशनले पौड्याल सहित ३५ जना कार्य समितीको चयन गरेको छ ।

नवनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुबेदी, बाबुराम विश्वकर्मा र कुमार शर्मा रहेका छन भने महासचिवमा उत्तम बिक चुनिएका छन । त्यसैगरी सचिवद्वयमा ईन्द्र सिन्चुरी र मिलन गुरुङ, कोषाध्यक्षमा मोहन स्याङ्तान र सहकोषाध्यक्षमा दीपक बिष्ट रहेका छन । 

सदस्यहरुमा चन्द्र सागर लामा, गाम बहादुर बिक, बलराम कुइकेल, निमा तामाङ, डिबी स्याङ्बो, बबिता शिबा, रबी गिरी, पुष्कर अधिकारी, टिएन शर्मा, रमेश ढकाल, बिकास श्रेष्ठ, राजेन्द्र रोस्यारा, सन्कल्प चन्द ठकुरी, दिल पुन, प्रबिण स्याङ्बो, ईन्द्र तामाङ, धन बहादुर चन्द, टेक दीप गुरुङ, बाल कृष्ण शर्मा, हर्क चन्द, चुमान सिङ दर्लामी, भरत बजगाई, सुरज गुरुङ, तिलक गुरुङ र जनार्दन सुबेदी रहेका छन । अधिबेशनले मञ्चको प्रबक्तामा अनिश तमाङलाई सर्बसम्मतले निर्बाचित गरेको छ । 

अधिबेशनले पिताम्बर पोखरेलको संयोजकत्वमा ९ जनाको सल्लाहकार समिति समेत गठन गरेको छ ।

राष्ट्रिय स्वाधिनता, दिगो शान्ति र समुन्नत नेपाल हाम्रो अभियान, प्रबासी हक हित र श्रमिक अधिकारको पक्षमा एकता अधिबेशन भन्ने मुल नारा सहित सम्पन्न अधिबेशनमा युएई भरका माओवादी केन्द्रका १०० भन्दा बढी कार्यकर्ताहरु उपस्थित रहेका थिए । उक्त अधिबेशन नेपाली जन प्रगतिशिल मञ्च र नेपाली जन प्रगतिशिल मोर्चा बिचको एकता अधिबेशन रहेको नवनिर्बाचित अध्यक्ष पौड्यालले जानकारी गराएका छन । 

नेपालमा भएको माओवादीहरुको पार्टी एकता र बर्तमान सरकारका प्रधानमन्त्री प्रचण्डले खाडी लगायत मलेसियाका जेलमा रहेका नेपाली र अन्य पीडित नेपालीहरु प्रती देखाएको चासोले प्रबासी नेपालीहरु निकै उत्साहित देखिएका छन । 

नेपालमा आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको हुनाले खाडीमा रहेका नेपालीहरुको हक हीत तथा उद्दार सहयोग गर्ने भूमिकामा आफ्नो संगठनले कुनै कसुर बाँकी नराखिने नवनिर्बाचित अध्यक्ष पौड्यालले बताए । ूपार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पनि ४५ लाख प्रबासीहरुको सहयोगमा आफ्नो प्रतिबद्दता ब्यक्त गरिसक्नु भएकोले हामी सरकारको हरेक कदमलाई साथ दिनेछौ पौड्यालले बताए ।

www.facwbook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय