दुवई- एक भारतीय नागरिक सहकर्मी नेपाली महिलालाई जवर्जस्ती अंगालो हालेर चुम्वन गरेको अभियोगमा पक्राउ परेका छन् । ति भारतीय नागरिकले रकम लिएर यौन सम्वन्धको प्रस्ताव समेत गरेको समाचारमा जनाइएको छ ।
समाचारमा जनाइए अनुसार २६ बर्षिय ति भारतीय नागरिकले सहकर्मी नेपाली महिलालाई कार्यस्थलको तल्लो तल्लामा सामान ल्याउन सघाउन भन्दै बोलाएका थिए । तर ति व्यक्तिले अकस्मात नेपाली महिलालाई जवर्जस्ती अंगालो हालेको र दुुईपटक चुम्वन गरेको भिडियो फुटेज देखिएको प्रहरीले जनाएको छ ।
“म उ भएको ठाउँमा पुग्ने वित्तिकै उसले मलाई जवर्जस्ती अंगालो मार्यो र दुईपटक मेरो गर्धनमा चुम्वन मार्यो” ति नेपाली महिलाले प्रहरीलाई भनेकी छिन् “उसले मलाई यौन सम्पर्कका लागि १ सय दिरहम दिने भन्दै जर्वजस्ती गर्यो ।” आफूले म्यानेजरलाई उजुरी गर्ने भन्दै चिच्याएपछि आफूलाई सो व्यक्तिले छोडेको उनले बयान दिएकी छिन् । प्रहरीले सहकर्मी महिलालाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्धा अगाडी बढाएको छ ।
