मलेसिया र खाडीका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क दिनुस्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, साउन २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर खाडी मुलुक र मलेसियाका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिएका छन् । 

शुक्रबार दिउँसो परराष्ट्र सचिवलाई बोलाएर प्रधानमन्त्रीले खाडी मुलूकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल आफूलाई बुझाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले भनेः ‘साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति कम्पनी टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’

भेटमा प्रधानमन्त्रीले खाडी मुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिए । सो अवसरमा परराष्ट्र सचिव बैरागीले रामचन्द्र तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिए । प्रधानमन्त्रीले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताए । 

परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनिहरु बन्द हुँदै गएको र नेपाली कामदारहरु कम्पनिबाट फिर्ता भइरहेको जानकारी दिए । भेटमा प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको बिकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने बताए । 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय