साउदीको भिषा शुल्क बढ्ने 

जेद्धा, साउन, २७- साउदी अरवले सवै प्रकारका भिषाको शुल्क बृद्धि गर्ने भएको छ । साउदीको अर्थ मन्त्रालयले पेश गरेको गैर तेल क्षेत्रको आम्दानीको प्रस्ताव मन्त्रीपरिषदले पास गरेको साउदीको विदेश मन्त्रालयलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् । बृद्धि हुने भिषा शुल्क कामदार, आवासिय, धार्मिक भ्रमण लगायत सवैमा लागु हुने छ । 

पछिल्लो समयमा तेलको मूल्यमा आएको गिरावटका कारण आर्थिक समस्या झेलिरहेको साउदी अरवले भिषा शुल्क बृद्धिलाई आर्थिक आम्दानीको बैकल्पिक श्रोतका रुपमा समेत हेरिएको छ । साउदीका एक अधिकारी तामिम अल दोसरीका अनुसार पहिलो पटक धार्मिक भ्रमणका क्रममा साउदी आउनेहरुले भनें केहि सुविधा पाउने छन् । 

साउदी अरवमा झण्डै ९० लाख आप्रवासी रहेको अनुमान छ । यो साउदीको कुल जनसंख्याको तीन भागको एक भाग हो । त्यसैले भिषा शुल्कमा गरिने बृद्धिले सरकारलाई ठूलो आम्दानी हुनेछ । साउदीको मन्त्रीपरिषदले पनि शुल्क बृद्धिले सरकारी आम्दानीमा ठूलो बृद्धि हुने ठहर गरेको सञ्चारमाध्यमले लेखेका छन् ।

प्रस्ताव अनुसार एकपटक साउदी प्रवेश गर्नेहरुका लागि भिषा शुल्क २ हजार साउदी रियाल तिर्नुपर्नेछ । यसैगरी धेरैपटक आउजाउ गर्नेगरी २ बर्षका लागि भिषा शुल्क ८ हजार रियाल हुनेछ । एक बर्षका लागि भिषा शुल्क ५ हजार रियाल हुनेछ । नयाँ भिषा शुल्क नयाँ हिजरी सम्वतको सुरुवात अर्थात आगामी अक्टोवर २ देखि लागु हुने जनाइएको छ । 

www.facebook.com/deshparadesh 

यो पनि पढ्नुहोस् 

कतारमा छोरो ९ महिना देखि बेसहारा, रुकुममा आमा बुवाको आँसुको धारा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: