काठमाडौं, साउन २४ – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २६ पैसा र विक्रि दर २९ रुपैंयाँ ४२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४५ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ६० पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंया ८४ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ६० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
काँचो सुनमा भन्सार छुटको मागः सिके राउतको बाटोमा एनआरएनए
